२०८३ भाद्र २७ गते शनिवार

तुलसीपुरमा जिल्लास्तरीय तीज विशेष नृत्य प्रतियोगिता


दाङ। नेशनल प्याव्सन दाङको आयोजनामा बुधबार जिल्लास्तरिय तीज विषेश नृत्य प्रतियोगिता भएको छ ।

प्रतियोगितामा करिब ३ दर्जन विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा ज्ञानज्योति मावि प्रथम, शिखा इंगिलिस बोर्डिङ स्कुल द्वितीय, मिड वेष्ट एकेडेमी तृतीय र सगरमाथा स्कुलले सान्वना स्थान हासिल गरेको छ ।

एन प्याब्सनका जिल्ला अध्यक्ष सालिकराम कार्कीको अध्यक्षता एवं केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि डाँगीले तीजजस्ता सांस्कृतिक पर्वमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै मौलिक कला र संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला उपाध्यक्ष शरद गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव छविकुमार वलीले गर्नुभएको हो ।

कार्यक्रममा तुलसीपुर नगर अध्यक्ष सुमन केसी, पत्रकार दिपक बोहराले मन्तव्य राख्नुभएको हो । कार्यक्रममा दाङ जिल्ला वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद डाँगीले गर्नुभएको हो । कार्यक्रममा विभिन्न पालिकाका संयोजकको पनि उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस