दाङ । दाङमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । दंगीशरण गाउँपालिका–३ रावतगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले र ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–३ रावतगाउँका (घरधनी) ४२ वर्षीय लम्बुदास चौधरी, सोही ठाँउका ३६ वर्षीय हिमाल केसी, २८ वर्षीय दीपक गिरी, ५२ वर्षीय महावीर चौधरी, ४७ वर्षीय हुमबहादुर चौधरी र ३५ वर्षीय सन्देश योगी रहेका छन् ।
बुधबार राति करिब सवा १२ बजेतिर रावतगाउँस्थित एक घरमा जुवातास खेल्ने/खेलाउने कार्य भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ६५ रुपैयाँ, एक थान सवारी साधन र तास बरामद गरिएको छ । पक्राउ परेका उनीहरूलाई जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

























