२०८३ असोज २० गते मङ्गलवार

राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फाराम अब दाङ प्रशासनबाटै भरिने


दाङ । राष्ट्रिय परिचयपत्र र राहदानीको अनलाइन फाराम अब दाङ प्रशासनबाटै भरिने भएको छ । राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन चाहने सेवाग्राहीका लागि कार्यालयमै अनलाइन आवेदन फाराम भर्ने व्यवस्था गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले राष्ट्रिय परिचयपत्रको नयाँ विवरण दर्ता अर्थात् इनरोल्मेन्ट तथा बायोमेट्रिक विवरण संशोधन र राहदानीका लागि आवश्यक अनलाइन आवेदन फाराम कार्यालयबाटै भर्ने व्यवस्था गरेको जनाएको छ ।

कार्यालयले आज बुधबार एक सूचना जारी गदै सेवाग्राहीको सुविधाका लागि कार्यालयबाटै फाराम भरिने व्यवस्था गरिएको उल्लेख गरेको छ ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता प्रमाणपत्रको सक्कल, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र, एकल महिला वा विदुर पुरुषहरुको हकमा मृतक पति वा पत्नीको मृत्यु दर्ता प्रमाणपत्र तथा बसाइँसराइ गरी आएका व्यक्तिको हकमा बसाइँसराइ प्रमाणपत्रको सक्कल पेश गर्नुपर्नेछ ।

यस्तै, राहदानी बनाउनका लागि सक्कल नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ । नाबालकका लागि भने नाबालक परिचयपत्र आवश्यक पर्ने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कार्यालयले सम्बन्धित सेवाग्राहीलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस