२०८३ कार्तिक ५ गते बिहिवार

दाङमा दुई नाल अवैध भरुवा बन्दुक बरामद


दाङ । दाङका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका दुई थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा आज आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म खटिएको प्रहरी टोलीले दाङका दुई स्थानबाट बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रवक्ता केसीका अनुसार इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ जलकुण्डीस्थित कालिखोला सामुदायिक वनको झाडीमा लुकाइछिपाइ राखिएको एक नाले भरुवा बन्दुक बरामद गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले बबई गाउँपालिका–५ खयरभट्टी सिमौरा सामुदायिक वनको झाडीमा लुकाइछिपाइ राखेको अर्को एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बरामद गरिएका दुवै बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस