दाङ । दाङमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार प्युठानको नौबहिनी गाउँपालिका–१ का ६ बर्षीय राजन अधिकारीको मृत्यु भएको हो ।
घोराही–लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले हिजो आइतबार साँझ सवा ५ बजेतिर ठक्कर दिँदा अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम बहादुर केसीले जानकारी दिनुभयो ।
टिपरको ठक्करबाट गम्भीर घाइते बालकको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



























