२०८३ कार्तिक ६ गते शुक्रवार

पुष्पन हेल्थकेयरले दशैँ बिदामा पनि नियमित सेवा दिने

दाङ । दाङको तुलसीपुरमा रहेको पुष्पन हेल्थकेयरले दशैँ बिदामा पनि नियमित सेवा दिने भएको छ । पुष्पन हेल्थकेयरले दशैँ बिदामा अल्ट्रासाउन्ड (यूएसजी) सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको हो ।

डा. पुष्पराज रिजालका अनुसार हेल्थकेयरले बिजया दशमीको दिन अर्थात् कार्तिक ४ गतेबाहेक अरु सबै दिनमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म यूएसजी सेवा उपलब्ध गराउनेछ ।

चाडपर्वका समयमा पनि सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा नियमित सञ्चालन गर्न लागिएको डा. रिजालले बताउनुभयो । हेल्थकेयरले चाडपर्वका बेला पनि सेवाग्राहीको स्वास्थ्य सेवामा आफूहरू सधैँ साथमा रहने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस