२०८३ कार्तिक ११ गते बुधवार

महानवमीमा सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै


दाङ ।
बडादसैँको नवौँ दिन आज महानवमी पर्व मनाइँदै छ । महानवमीका अवसरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

महानवमीका दिन शक्तिस्वरूपा दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने परम्परा छ । आज विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । धार्मिक मान्यताअनुसार सिद्धिदात्री देवीको पूजा आराधना गर्नाले मनोकाङ्क्‌षा पूरा हुनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

बडादसैँको मुख्य दिन विजयादशमी भोलि मनाइँदै छ । विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । दसैँको मुख्य दिन नजिकिएसँगै घरपरिवार तथा आफन्तजनबीच भेटघाट र शुभकामना आदानप्रदान गर्ने तयारीसमेत भइरहेको छ । विजयादशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा समेत लिने गरिन्छ । विजयादशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस