दाङ । किवानिज क्लब अफ लर्ड बुद्धले विश्व पोलियो दिवसको अवसरमा एकदिने कार्यक्रम सम्पन्न गरेको छ ।
अक्टोबर २४ अर्थात् विश्व पोलियो दिवसको अवसरमा आयोजित कार्यक्रममा दिदीघर बाल संरक्षण गृहमा आश्रित बालबालिकालाई दशैँको टीका लगाउनुका साथै स्टेसनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।
बाल संरक्षण गृहमा रहेका बालबालिकासँग दशैँको खुसी साटासाट गर्ने तथा उनीहरूको शैक्षिक र खेलकुद गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष सुशिला शाहको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यातामा कार्यक्रम भएको हो । कार्यक्रममा उद्देश्यबारे निकिता केसीले प्रकाश पार्नुभएको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष पदमबहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव शान्तराज गौतमले गर्नुभएको हो ।


























