दाङ। हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा तीन दिनदेखि जारी छ । तुलसीपुर–७ झुमरेमा प्रधान कार्यालय रहेको संस्थाले तेस्रो दिन सोमबार तुलसीपुर–१० पातु बनगाउँस्थित जनजागृति माविमा साधारणसभा गरेको छ ।
संस्थाले वडा नम्बर १० सहित वडा नम्बर ११, १२ र १३ का सबै शेयर सदस्यलाई पाएक पर्ने गरी पातु बनगाउँको विद्यालयमा साधारण सभा गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बितेको आर्थिक वर्ष २०८२/२०८३ को प्रगति समिक्षासहित चालु आर्थिक वर्ष २०८३/२०८४ मा गरिने नीति तथा योजना प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार संस्थाले बितेको आर्थिक वर्षमा एक अर्ब १४ करोड बढीको कारोबार गरेको छ । संस्थामा अहिले ५ हजार ३ सय बढी शेयर सदस्य रहेका छन् भने संस्थाले ११८ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले आर्थिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षका लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको छ ।
उहाँका अनुसार संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ मा ८७ करोड १० लाख ५६ हजार ३ सय रुपैंया आम्दानी गर्ने लक्ष्य राखेको छ ।
साधारणसभामा संस्थाका सचिव जीवराज अधिकारीले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शरद शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
साधारण सभाको तेस्रो दिन आज संस्थाका सल्लाहकार ऋषिराम पौडेलले शेयर सदस्यहरुले साधारण सभामा सुझाव तथा गुनासा राख्नुपर्ने बताउनुभयो । शेयर सदस्यको सुझावले नै संस्थालाई अगाडी बढाउन सहज हुने उहाँको भनाई छ ।
संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीवराज अधिकारीले गर्नुभएको हो । साधारणसभामा आज तेस्रो दिन अध्यक्ष मण्डलको संयोजकमा रामबहादुर वली गर्नुभएको थियो भने अध्यक्ष मण्डलको सदस्यमा घनश्याम सुवेदी र सकुन्तला भण्डारी रहनुभएको थियो ।
तेस्रो दिन पनि आज साधारणसभामा संस्थाको नीति तथा कार्यक्रमसहित बजेट र लेखा प्रतिवेदनसहित १३ बुँदे प्रस्तावमाथि छलफल भएको छ । साधारण सभामा रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले निःशुल्क आँखा जाँच गरिरहेको छ भने तुलसीपुरस्थित सिटी अस्पतालले प्रेसर र सुगर निःशुल्करुपमा जाँच गरिरहेको छ ।
संस्थाले भोलि चौथो दिन कालाखोला माध्यमिक विद्यालय साधारणसभा गर्दैछ । पर्सी पाँच दिन कात्तिक ११ गते दुधरासस्थित जनकल्याण माध्यमिक विद्यालयमा साधारणसभा सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

























