२०८३ कार्तिक १० गते मङ्गलवार

हाम्रो पहुँचको साधारण सभामा तुलसीपुर सिटी हस्पीटलद्वारा प्रेसर र सुगरको जाँच


दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको जारी २० औँ वार्षिक साधारणसभामा तुलसीपुर सिटी हस्पीटलले पे्रेसर र सुगरको जाँच गरिरहेको छ । साधारण सभाको चौथो दिनसम्म करिब ६ सय जनाको प्रेसर र सुगरको जाँच गरिएको हो ।

शनिबारदेखि मंगलबारसम्म चार दिनमा ५९५ जनाको सुगर र प्रेसर सुगरको जाँच गरिएको सिटी अस्पतालका ल्याव ईन्चार्ज केशव वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार पहिलो दिन १६७ जना, आइतबार दोस्रो दिन १०९ जना, सोमबार तेस्रो दिन १४६ जना र मंगलबार चौथो दिन १७३ जनाले प्रेसर र सुगरको जाँच गराएका छन् ।

हस्पिटलले भोलि पाँचौ दिन जनकल्याण मावि दुधरास एकाई केन्द्रमा पनि निःशुल्क प्रेसर र सुगरको जाँच गर्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस