दाङ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले मंगलबार सरुवासम्बन्धी निर्णय गरेको जानकारी दिनुभयो ।
सरुवासँगै दाङसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । नयाँ निर्णयअनुसार दाङको प्रहरी प्रमुखको जिम्मेवारी एसपी श्यामु अर्यालले पाउनुभएको छ । अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कास्कीमा आर्थिक प्रशासन तथा प्रवन्ध महाशाखामा कार्यरत रहनुभएको थियो । अर्याल यसअघि दाङको तुलसीपुरमा ईलाका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठको सरुवा नेपाल प्रहरीको विशेष सुरक्षा गण रातामाटे मकवानपुर सरुवा गरिएको छ । त्यस्तै बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीले जिम्मेवारी पाउनुभएको छ । सरुवाको निर्णयसँगै जिल्ला प्रहरी नेतृत्वमा फेरबदल भएको छ ।


























