२०८२ फाल्गुन २६ गते मङ्गलवार

आम चुनावको झल्को दिने गरी नेतृत्व चयन गर्न मतदान


दाङ । कोहि मतपत्रमा छाप लगाउँदै त, कोहि मत पेटीका मत खसाल्दै थिए , कोही भने मतदान गर्नका लागि लाइनमा पालो कुरेर उभिरहेका थिए ।

झट्ट् हेर्दा आम निर्वाचन भन्दा कम थिएन । तर यो कुनै स्थानीय तह, प्रदेश वा संघको प्रतिनिधि चुन्न गरिएको निर्वाचन भने होइन । बरु यो निर्वाचन विद्यार्थीले आफ्नो नेतृत्व चुन्न गरिएको थियो ।

दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीले बिहिबार नेतृत्व चयनका लागि मतदान गरेका हुन् । विद्यालयमा बाल क्लबको अध्यक्ष, उपाध्यक्ष, सचिव,कोषाध्यक्ष र सदस्यहरु , स्कुल क्याप्टेन चुन्न निर्वाचन गरिएको हो ।

विद्यालयमा अध्ययनरत्त कक्षा ५ देखि १० कक्षासम्मका विद्यार्थी मतदान प्रक्रियामा सहभागी भएका हुन् । विद्यालयमा ५०८ मतदाता रहेकोमा ४५३ मत अर्थात ८९ प्रतिशत मत खसेको विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले बताउनुभयो ।

बाल क्लबको अध्यक्षमा चन्द्रकिरण केसी र संग्रीम भण्डारी प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै उपाध्यक्षमा जिवेश वली, शिखा मगर, मञ्जिता शर्मा, चेतना खड्का प्रतिष्पर्धामा रहनुभएको छ ।

यस्तै क्लबको सचिवमा शुभम अधिकारी र अनुप पौडेल , कोषाध्यक्षमा उषा वली र तारादेव न्यौपाने चुनावी मैदानमा रहनुभएको छ । यस्तै क्लबको सदस्यमा ११ जना प्रतिष्पर्धामा रहेको निर्वाचन अधिकृत नवराज शर्माले बताउनुभयो ।

उहाँका अनुसार आयुष बिसी, दिपीका केसी, अनुषा वली, सञ्जय यरी, सुशान्त गिरी, सुयोग वली, घनश्याम ओली, रामु परियार, रोशनी मिधुन , निर्माण वली र विपिन बोहरा प्रतिष्पर्धामा रहेका छन् ।

यस्तै स्कुल क्याप्टेनमा बिजय केसी र बिनोद खड्का, भाइस क्याप्टेनमा वर्षा केसी र सुमिना परियार प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै ह्वाइट हावस क्याप्टेनमा श्रीजना केसी र श्रीया बस्नेत, भाइस क्याप्टेनमा सुशान्त आचार्य र रञ्जित आचार्य प्रतिष्पर्धामा रहनुभएको छ ।

निर्वाचन अधिकृत शर्माका अनुसार ग्रिन हावस क्याप्टेनमा कविता बुढाथोकी, सुप्रिम धिताल, सुधा जिएम, श्रीष्टी मगर प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै भाइस क्याप्टेनमा विशेष बुढा र सलिना ढकाल प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै रेड हावस भाइस क्याप्टेनमा समिक्षा सुनार र सुदिप चन्द प्रतिष्पर्धामा रहनुभएको छ ।

रेड हावस क्याप्टेन, ब्लु हावस क्याप्टेन र ब्लु हावस भाइस क्याप्टेन भने सर्वसम्मत भइसकेका छन् । रेड हावस क्याप्टेनमा सागर राना, ब्लु हावस क्याप्टेनमा अनिल बुढाथोकी र भाइस क्याप्टेनमा सिद्धान्त पोखरेल सर्वसम्मत चयन हुनुभएको छ ।

विद्यालयतहबाटै विद्यार्थीलाई निर्वाचन शिक्षा प्रदान गर्न नेतृत्व चयनका लागि विद्यार्थी मतदान प्रक्रियामा सहभागी भएको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो । भोलि शुक्रबारमात्रै मतगणना हुने विद्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस