तुलसीपुर । लायन्स क्लब अफ तुलसीपुर इशानले तुलसीपुरको एक विद्ययालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिका–७ मा रहेको बाल कल्याण प्रावि डाँडापातुमा शैक्षिक सामग्री वितरण गरेको हो ।
लायन्स क्लब अफ तुलसीपुर इशानका अध्यक्ष रमेश रेग्मीको अध्यक्षता, डिस्ट्रिक ३२५ एनका डिस्ट्रिक एक्जेक्युटिभ चिफ तथा लायन्स क्लब अफ तुलसीपुर इशानका संस्थापक अध्यक्ष वुद्ध प्रकाश सिंहको प्रमुख आतिथ्यता तथा बाल कल्याण प्रावि डाँडापातुका प्रधानाध्यापक हुम बहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
बाल कल्याण प्रावि डाँडापातुमा अध्ययनरत २३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष रमेश रेग्मीले जानकारी दिनुभयो । कापि, कलम, झोला लगायतका शैक्षिक सामाग्री प्रदान गरेको उहाँले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष रेग्मीले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी, अभिभावकहरूको उपस्थिति रहेको थियो । विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

क्लबका कार्यक्रम संयोजक दिपक केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सह–सचिव सोमराज बस्नेतले गर्नुभएको हो ।














