दाङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अपराह्न ५ बजे नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । बोर्डका अधिकारीहरूका अनुसार कुनै प्राविधिक समस्या नआएमा आजै नतिजा प्रकाशित गरिनेछ ।
यद्यपि, प्राविधिक कठिनाइ आएमा परीक्षाफल सार्वजनिक गर्ने मिति केही दिन पछाडि सर्न सक्ने सम्भावना रहेको बोर्डले जनाएको छ । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले विभिन्न एसएमएस सेवा, वेबसाइट तथा मोबाइल एपमार्फत् नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।















