२०८३ बैशाख १८ गते शुक्रवार

एसईईको नतिजा सार्वजनिक

दाङ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस