२०८२ फाल्गुन २० गते बुधवार

दाङसहित २७ जिल्लामा आज बाढीको मध्यम जोखिम

दाङ । दाङसहित २७ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज दाङ, सल्यान, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कैलाली, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ ।

यस्तै इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, लमजुङ, स्याङ्जामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका र आसपासका जिल्ला भई बहने खोला तथा नदीहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैबीच आज बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस