२०८२ फाल्गुन २६ गते मङ्गलवार

लगातारको वर्षातसंगै खोलामा पानीको बहाव बढ्दै : सावधानी अपनाउन आग्रह

दाङ, २० साउन । लगातारको वर्षातसंगै खोलामा पानीको बहाव बढ्न थालेको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा पानीको बहाव बढ्दै गएकाले साना सवारी साधनलाई आवागमनमा समस्यमा भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले खोलामा पानीको बहाव बढ्दै गएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । अहिले पनि वर्षा निरन्तर जारी रहेको छ ।

गएरातीदेखिको लगातारको वर्षाका कारण राप्ती नदि, बबई नदि, सेवारखोला, कालाखोला, ग्वारखोला, सक्राम खोला, पातुखोलाको पानीको बहाव बढ्दै गएको छ ।

तर अझैसम्म खतरको तह पार गरेको छैन् । यद्यपी पानी निरन्तर परिरहेकाले खोला तथा नदि तटिय क्षेत्रका नागरिकले सावधानी अपनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो ।

पानी लगातार परिरहेकाले होचा स्थानमा डुबान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले पानी लगातार परिरहेकाले घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा प्रहरी तैनाथ गरिएको जानकारी दिनुभयो ।

खोलामा बहाव बढ्दै गएकाले कतिपयले साना सवारी साधन जवरजस्ती चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले प्रहरीले निगरानी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस