२०८२ फाल्गुन २६ गते मङ्गलवार

आइएमई एजुकेशन कन्सल्टेन्सीले मनायो पहिलो वार्षिकोत्सव

दाङ, ६ भदौ । आइएमई एजुकेशन कन्सल्टेन्सी प्रालिले पहिलो वार्षिकोत्सव तथा तीज विशेष कार्यक्रम गरेको छ । संस्थाका सञ्चालक निशान क्षेत्रीको अध्यक्षता तथा बुद्धि माध्यमिक विद्यालय, शान्तिपुरका प्राचार्य लालबहादुर ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि प्राचार्य ओलीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई शुभकामना दिँदै आइएमई एजुकेशन कन्सल्टेन्सीले अहिलेसम्म गरेका गतिविधि उल्लेखनीय भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई सहज वातावरणमा पढ्न–जान सहज बनाउने काममा कन्सल्टेन्सीले अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, विशिष्ट अतिथि तुफान रेग्मीले कन्सल्टेन्सीले आउँदो वर्षमा अझ भव्य र सफलतापूर्वक अघि बढोस् भन्ने शुभकामना दिँदै जापान जाने विद्यार्थीलाई विशेष शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक निशान क्षेत्रीले अहिलेसम्म १०० प्रतिशत सफल नतिजा निकाल्न सफल भएको र शून्य लागतमा नै काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यार्थीलाई सहज र पारदर्शी सेवा प्रदान गर्दै परिणाममुखी शिक्षा परामर्शलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

एजुकेशन म्याटरका सञ्चालक डम्बर बुढाथोकी, कुमाख कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्सका सञ्चालक तुफान केसी, भ्याली टेक्निकल कलेजका सञ्चालक विनोद केसी, सूर्य सुनचाँदी पसलका सञ्चालक लोकेन्द्र ओली र दाजुभाई अटो वर्कसपका सञ्चालक तिलक ओलीलगायत लगायतको सहभागीता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस