तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको प्रगतिशिल टोल विकास संस्थामा निर्वाचन भएको छ । टोल विकास संस्थामा सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो ।
निर्वाचनमा ३७१ मत खसेको निर्वाचन समितिका संयोजक सुशिल श्रेष्ठले जानकारी दिनुभयो । टोल विकास संस्थामा ४२८ जना जम्मा मतदाता संख्या रहेकोमा ३७१ म्त मात्रै खसेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । टोलमा रहेका ५७ जनाले मतदानमा सहभागि नभएको उहाँले बताउनुभयो ।
मतगणना सुरु भइसकेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । आज शुक्रबार बिहान ८ बजे देखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो ।
निर्वाचनमा दुई वटा प्यानल प्रतिस्पर्धामा रहेका छन् । अध्यक्ष पदका उम्मेदवार वेद प्रसाद वलीको प्यानललाई माओवादीले समर्थन गरेको छ भने अतिराम विष्टको प्यानललाई कांग्रेसले समर्थन गरेको छ ।
माओवादी भित्र पनि विभाजन रहेको माओवादी नेताहरु नै बताउछन् । एक पक्षले आधिकारीक उम्मेदवार वलीलाई मत माग्दा अर्को पक्षले कांग्रेस समर्थित विष्टलाई मत माग्ने गरेका थिए । यस बाट नै माओवादीमा दुई धार रहेको पुष्टि हुन्छ ।
अध्यक्ष पदका उम्मेदवार वेद प्रसाद वलीको प्यानल फुटबल चिन्हबाट चुनावमा होमिएको छ । वलीको प्यानलमा उपाध्यक्ष पदमा बलबिर बुढाथोकी, सचिवमा माया पुनमगर, कोषाध्यक्षमा पवित्रा बुढाथोकी रहनु भएको छ ।
यस्तै सदस्यमा नबिन डाँगि, बेद बहादुर बिष्ट, रञ्जना परियार, खुमा चलाउने र प्रेम कुमारी बस्नेत चुनावि प्रतिस्पर्धामा रहनु भएको छ ।
यस्तै कांग्रेस समर्थीत अध्यक्ष पदका उम्मेदवार अतिराम विष्टको प्यानल माछा चिन्हबाट चुनावमा होमिएको छ । जसको उपाध्यक्षमा जीवन कुमार वली, सचिवमा सुकलाल पुन, कोषाध्यक्षमा ट्युरिना शाही रहनुभएको छ ।
सदस्यमा खिम बहादुर खत्री, बिमला डाँगी, हिरा कुमारी परियार, ओद बहादुर खड्का र दिपा चन्द प्रतिस्पर्धामा रहनु भएको छ ।
आजै तुलसीपुरमा दुई वटा निर्वाचन भएको छ । टरिगाउँ हरिपौरा खानेपानीको निर्वाचनमा कांग्रेस माओवादी एक भएर चुनाव लड्दा टोल विकास संस्थामा भने कांग्रेस र माओवादी एक्ला एक्लै चुनाव लडेका छन् ।














