२०८२ फाल्गुन २६ गते मङ्गलवार

घातक रोगबाट प्रभावित चित्रभानको उपचारका लागि आर्थिक अभाव : सहयोगका लागि सबैमा अपिल

दाङ । सिलिकोसिस घातक रोगबाट प्रभावित चित्रभान रावतलाई उपचारका लागि आर्थिक अभाव भएको छ । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २८ वर्षिय रावतलाई उपचारका लागि लाखौँ रकम लाग्ने भएपछि परिवार समस्यामा परेको छ ।

उहाँको ज्यान बचाउनका लागि परिवारले सबैमा आर्थिक सहयोगको अपिल गरेको छ । काठ्माण्डौको बीर अस्पतालमा उपचारको क्रममा आर्थिक अभाव भएपछि परिवारले अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको छ ।

तर राप्ती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएको डाक्टरको सुझावलाई उदृढ गर्दै उहाँका भान्जा बिनोद गिरीले बताउनुभयो । गिरीका अनुसार रावतको उपचारमा ६० लाख भन्दा बढी खर्च लाग्ने भएको छ ।

सिलिकोसिस रोग फोक्सोमा लाग्ने रोग हो । सिलिकोसिसका कारण अहिले उहाँको फोक्सो नै परिवर्तन गर्नुपर्ने अवस्था आएपछि खर्च धेरै लाग्ने भएको हो । उहाँले बिगत २ वर्षदेखि उपचारारत रहनुभएको छ । आर्थिक रुपमा विपन्न रहेको र लामो समयदेखि उपचारमा धेरै रकम खर्च भइसकेकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ ।

उहाँलाई सहयोग गर्न चाहने व्यक्तिले स्क्रिनमा उपलब्ध गराइएको ईसेवाको क्युआर कोड वा राष्ट्रिय वाणिज्य बैंकमा सिर्जना बुढामगरको नाममा रहेको खाता नम्बर ४३८०१००००५५०००१० मा रकम जम्मा गर्न सक्ने आफन्त गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले पनि देश तथा विदेशबाट सहयोग जुट्नेक्रम जारी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस