२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुर कारागारबाट भागेका थप दुई जना कैदीबन्दी पक्राउ

दाङ । तुलसीपुर कारागारबाट भागेका दुई जना कैदीबन्दी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शान्तिनगर–५ जम्पुरका चमन कामी र तुलसीपुर–५ ज्योतिनगरका पूर्ण बहादुर बाँठामगरलाई पक्राउ गरिएको हो ।

कामी जवरजस्ती करणी मुद्धाका कैदीबन्दी हुन् । उनलाई २५ वर्ष कैद सजाय तोकिएको छ । बाँठा लागूऔषध मुद्धामा पूर्पक्षका लागि कारगार चलान भएका थिए । दुवै जना भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेर फरार भएका थिए ।

कामीलाई असोज ११ गते र बाँठालाई असोज १२ गते पक्राउ गरी कारागारमा बुझाएको प्रवक्ता शाहले बताउनुभयो । आन्दोलनको क्रममा फरार कैदीबन्दी पक्राउ पर्ने क्रम जारी छ ।

मंगलबारसम्मको विवरण अनुसार तुलसीपुर कारागारबाट भागेका १३८ जना पक्राउ परेका छन् । कारागारबाट भागेका ९८ अझै फरार रहेका छन् ।

सरकारले असोज २० गतेसम्म सम्पर्कमा आउन समयसिमा तोकेको छ । तोकिएको समयमा सम्पर्कमा नआउने कैदीबन्दीलाई अहिलेसम्म भुक्तान गरेको कैद सजाय पनि थप हुने सरकारले चेतावनी दिएको छ ।

तुलसीपुर कारागार प्रशासन प्रमुख गिर बहादुर सेजुवालले कारागारबाट भागेका ९८ जनालाई तत्काल सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार तुलसीपुर कारागारमा अहिले ६ जना आश्रित बालबालिकासहित ३५७ कैदीबन्दी रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस