२०८३ बैशाख १७ गते बिहिवार

हाम्रो पहुँच स्कूलको १० दिने अतिरिक्त क्रियाकलाप सम्पन्न


दाङ । दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकन्डरी स्कूलले सञ्चालन गरेको १० दिने अतिरिक्त क्रियाकलाप कार्यक्रम आज सम्पन्न भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्यालयले एक कार्यक्रमको आयोजना गरी क्रियाकलापको समापन गरेको हो ।

विद्यालयले सिपयुक्त जनशक्ति उत्पादनका उद्देश्यले विद्यार्थीहरूलाई विभिन्न व्यावहारिक सिप सिकाउँदै आएको छ । यस वर्ष असोज २२ गतेदेखि शुरु गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई उद्घोषण कला, गुडिया निर्माण, लेखा व्यवस्थापन प्रणाली, र कृषि उत्पादनसम्बन्धी तालिम प्रदान गरिएको थियो ।

कक्षा १२ की छात्रा पूर्णिमा भण्डारीले विद्यालयले दशैं–तिहारको विदाको समयमा सिप सिक्ने अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले उद्घोषण तालिमले विभिन्न ठाउँमा गएर बोल्न आत्मविश्वास बढाएको र लेखा व्यवस्थापन प्रणाली तालिमले पनि धेरै कुरा सिकाएको बताउनुभयो । यही बिचमा आफुलाई रोजगारीको अफर समेत आएको उहाँको भनाइृ छ ।

त्यसैगरी कक्षा ११ का बिन्दु परियारले चाडपर्वको समयमा सिप सिक्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो ्। विद्यालयले जीवन उपयोगी सिप प्रदान गरेको र यसले आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने बताउनुभयो ।

कक्षा ७ का तनिशा चन्दले गुडिया (डल) बनाउने सीप सिकेको बताउँनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुलाई सीप सिकाएर आत्मनिर्भर बन्न सिकाएको बताउनुभयो । सिकेको सीप प्रयोग गरेर भविष्यमा आम्दानी पनि गर्न सकिने व्यवसायमा लाग्न सहयोग पुग्ने उहाँको भनाई छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जीवनयापन गर्नको लागि सिपको आवश्यकता हुने बताउनुभयो । सिपको प्रयोग गरेर श्रमसंग जोडनको लागि विद्यालयले विद्यार्थीहरुलाई विभिन्न सिपहरु सिकाउँदै आएको बताउनुभयो । संस्थाले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शिक्षा प्रदान गदै आएको बताउनुभयो । उहाँले हाम्रो पहुँचबाट उत्पादन भएको जनशक्ति अहिले बजारका बिक्ने र टिक्के भएको बताउनुभयो । साथै संस्थाले संचालन गरेका विभिन्न विभागामा कार्यरत रहेको बताउनुभयो ।

संस्थाका सञ्चालक समिति सदस्य खेतु प्रसाद भण्डारीले विद्यालयलले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर व्याबाहारिह सिप सिकाउँदै आएको बताउनुभयो ।

विद्यार्थीलाई सिपयुक्त जनशक्ति निर्माणका लागि विभिन्न प्रकारका व्यावहारिक सिप सिकाईकोे विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो । विगतका वर्षदेखि नै विद्यार्थीलाई दशैँ र तिहारको बिचमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरिएको उहाँको भनाई छ । विद्यार्थीहरुलाई सिप सिकाएर गाँउघरमा पनि अन्य व्यक्तिहरुलाई सिप सिकाई रहेको उहाँले बताउनुभयो ।

हाम्रो पहुँच बहुद्दउेश्यीय सहकारी संस्थाका निर्वतमान लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले विद्यार्थीहरुलाई लेखा सम्बन्धी प्रशिक्षण तालिम दिनुभएको थियो । तालिममा कक्षा ७, ९, ११ र १२ का विद्यार्थी सहभागी भएका थिए । यसवर्ष पनि विभिन्न कक्षाका विद्यार्थीलाई उद्घोषण कला, लेखा व्यवस्थापन प्रणाली, कृषि उत्पादन र गुडिया बनाउने तालिम प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक भण्डारीको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । विद्यालयका शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस