२०८२ फाल्गुन २६ गते मङ्गलवार

काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौं


दाङ । बङ्गलादेशमा चलिरहेको काभा कप पुरुष भलिबलमा नेपाल पाँचौं भएको छ । ढाकाको शहीद सुह्रवर्दी इन्डोर स्टेडियममा आज भएको पाँचौं स्थानको प्लेअफमा नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो ।

नेपालले पहिलो सेट २९–२७, दोस्रो सेट २५–२० र चौथो सेट २५–१९ ले जितेको हो । माल्दिभ्सले तेस्रो सेट ३७–३५ ले जित्यो । यसअघि पहिलो खेलमा तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग हार बेहोरेको थियो । यस्तै चौथो खेलमा माल्दिभ्सलाई हराएको नेपालले हिजो पाँचौं खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

६ वटा टोली सहभागी प्रतियोगितामा माल्दिभ्स पुछारमा रहेको छ । प्रतियोगितामा आजै उपाधिका लागि तुर्कमेनिस्तान र अफगानिस्तान तथा तेस्रो स्थानका लागि बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस