२०८२ चैत्र १ गते आइतवार

शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालासंग अन्तरक्रिया


दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लीबनमा रहेको सरस्वती चौतारा माविमा शुक्रबार सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

त्रिवेणी असहाय वृद्ववृद्वा कल्याण समाजले कार्यक्रमको आयोजना गरेको हो । समाजका अध्यक्ष राम प्रसाद बस्यालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

वडा अध्यक्ष ढकालले विद्यार्थीको सिकाईमा विद्यालयमात्रै नभएर घरपरिवारले पनि प्रभाव पार्ने बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले शैक्षिक सुधार ल्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा सरस्वती चौतारा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बहादुर डागी, प्रधानाध्यापक लक्ष्मी न्यौपाने, बुद्धिजीवी मुकुन्द काफ्ले, कान्त प्रसाद खरेल, न्यू भिजन परम्परा युवा क्लबका अध्यक्ष सुशान्त मल्ल, विद्यार्थी निशा केसी लगायतले मन्तव्य राख्नुभएको हो ।

विद्यालय व्यवस्थापन समिति सदस्य मेघराज पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सहजीकरण बिजय मल्लले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस