दाङ । दाङउपत्यकासहित देशभर अत्याधिक चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन । हुस्सु, कुहिरो र शितले जनजीवन कष्टकर बनाएको छ ।
अहिले देशका अधिकांश ठाउँमा तापक्रम घट्दोक्रममा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दाङ उपत्यकासँगै तराई/मधेश र अरु क्षेत्रमा पनि चिसो छ ।
तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्ने क्रम बढेको छ । तराईका दाङसहित बाँके, बर्दिया, नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको हो ।



















