दाङ। आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावलाई लक्षित गरेर निर्वाचन प्रहरी भर्नाका आवेदन लिन शुरु गरिएको छ ।
निर्वाचन प्रहरीका लागि दाङमा शुक्रबार एकैदिनमा १५३ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३३ जना महिलासहित एकैदिन १५३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार दाङमा २ हजार ४१५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिदैछ । निर्वाचन प्रहरीका लागि आउँदो माघ १ गतेसम्म आवेदन दिन सकिने उहाँले बताउनुभयो । उहाँले सार्वजनिक बिदाको दिनमा पनि फारम बुझाउन सकिने बताउनुभयो ।
दाङमा जिल्ला प्रहरी कार्यालयमा मात्र आवेदन दिन दिन सकिने डिएसपी शाहले बताउनुभयो । निर्वाचन प्रहरी बन्न १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।
तस्बिर : मेरो दाङबाट















