दाङ । दाङका तीनसहित १६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन नजिकिँदै जाँदा निर्वाधन अधिकृतको कार्यालय स्थापना हुन लागेको हो ।
लुम्बिनी प्रदेश राजधानी दाङका तीन वटा निर्वाचन क्षेत्रमा आज बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय खुल्ने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो ।
देशैभर सोही समयमा कार्यालय स्थापना हुनेछन् । देशैभरका सबै निर्वाचन क्षेत्रमा एकै समयमा कार्यालय खोल्दा त्यसले निर्वाचनको माहोललाई अझ विस्तार गर्ने निर्वाचन आयोगले जनाएको छ ।
















