२०८३ बैशाख १८ गते शुक्रवार

पश्चिम नेपालमा हिउँदे वर्षा शुरु

दाङ । दाङ उपत्यकासहित पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि हिउँदे वर्षा शुरु भएको छ । आज बिहान करिब १ बजेबाट सुरु भएको वर्षासँगै यस क्षेत्रको मौसममा ठूलो परिवर्तन आएको छ ।

वर्षासँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत भएको छ । विशेषगरी कर्णालीको जुम्ला लगायतका क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ भने फेरि चिसोको लहर बढेको छ ।

लामो समयको प्रतीक्षापछि भएको यो वर्षाले चिसो बढाए पनि कृषकहरूमा भने उत्साह जगाएको छ । गहुँ, जौ र अन्य हिउँदे बालीका लागि यो वर्षा निकै लाभदायक हुने देखिएको छ । तर अझै ठुलो वर्षा भएको छैन् ।

हिमाली क्षेत्रमा भएको हिमपातले पर्यटकीय गतिविधिमा रौनकता थपेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस