२०८२ फाल्गुन २६ गते मङ्गलवार

निर्वाचनको मिति नजिकिदै : उमेदवारहरु मतदाता फकाउनमा व्यस्त

दाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकदै गएको छ । निर्वाचन आउन आजबाट ३८ दिनमात्रै बाँकी छ । निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी रौनक बढेको छ ।

दल तथा उमेदवार मतदाता भेटघाटमा व्यस्त बन्न थालेका छन् । निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नका लागि दल तथा उमेदवारहरुले मतदाता फकाउन शुरु गरेका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि दल तथा स्वतन्त्र गरी २३ जना प्रतिष्पर्धामा छन् । तर मूख्य प्रतिष्पर्धा नेपाली कांंग्रेसका दिपक गिरी, नेकपा एमालेका घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पाटीका धन बहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पाटीका कमल सुवेदीबिच हुने देखिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरेसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त भएका हुन् ।

अन्य निर्वाचनभन्दा यसपटकको निर्वाचनलाई विषेश महत्वका साथ हेरिएको छ । यसपटक पुराना भर्सेस नयाँ हुने देखिएको छ । ठूला राजनीतिक दलहरूले स्थायित्व र समृद्धिलाई मुख्य मुद्दा बनाएका छन् भने नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले भ्रष्टाचार निवारण, सुशासन र युवा रोजगारीलाई प्रमुख मुद्धा बनाएका छन् ।

अहिले गाउँका चौतारीदेखि बजारका चिया पसलसम्म चुनावी चर्चाले प्राथमिकता पाएको छ । उम्मेदवारहरू आफ्नो एजेन्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । जाडोको प्रवाह नगरी उम्मेदवारहरू बिहानैदेखि राति अबेरसम्म विभिन्न टोलसमिति, क्लब र आमा समूहहरूसँगको छलफलमा व्यस्त देखिन्छन् ।

यस पटकको निर्वाचनमा अझ विशेष गरी युवा मतदाताहरूलाई आकर्षित गर्न उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतको समेत व्यापक प्रयोग गरिरहेका छन् ।

तर आचारसंहिताले भने दलहरूलाई फागुन ४ गतेअघि जुलुस, आमसभा वा कोणसभा गर्न गर्न रोक लगाएको छ । यस्तै सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामाग्री प्रकाशन वा प्रसारण गर्न रोक लगाउको छ अर्थात दलहरूले विज्ञापन बजाउन पाउने छैनन् । यस्तै निर्वाचन प्रचारप्रसारको लागि घरदैलो कार्यक्रम गर्न रोक लगाइएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस