दाङ । निर्वाचनको मिति नजिकिदै गर्दा दलहरु निर्वाचन प्रचारप्रसारमा व्यापकरुपमा लागेका छन् । दलहरुले आमसभा, घरदैलो भेटघाट लगायतका कार्यक्रम गरिरहेका छन् ।
यसैक्रममा नेकपा माओवादीले आज तुलसीपुरमा विशाल चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई महासचिव नेत्रबिक्रम चन्द विप्लवले सम्बोधन गर्ने माओवादीले जनाएको छ ।
महासचिव विप्लवले आज तुलसीपुरमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो । तुलसीपुरको बिएसएस पार्टी प्यालेसको प्राङ्गणमा दिउसो १२ बजेदेखि सुरु हुने चुनावी सभा कार्यक्रममा सामना साँस्कृतिक परिवारले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछ ।
विप्लवले आज नै दाङ क्षेत्र नम्बर १ को चुनावी सभालाई देउखुरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी)ले जनाएको छ । विप्लव नेतृत्वको माओवादीले पहिलोपटक संसदीय निर्वाचनमा चुनाव चिन्ह गुलाफ लिएर होमिएकोछ ।
















