२०८३ जेष्ठ १७ गते आइतवार

निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुबिच टकराव बढ्दै

दाङ । निर्वाचनको मिति नजिकिदै गर्दा चुनावलाई प्रभावित पार्नेगरी दलहरुबिचको टकराव देखिन थालेको छ । दाङको तुलसीपुरमा बिहिबार राती राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछानेलाई स्वागत गर्न गएका केहि युवाले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएपछि राजनीतिक तनाव बढेको छ ।

दलको झण्डा जलाएको भन्दै एमाले निकट राष्ट्रिय युवा संघले देशव्यापीरुपमा विरोध जनाएको छ भने तुलसीपुरस्थित रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड गरेको छ ।

युवा संघका केहि युवाले शुक्रबार दिउँसोतिर रास्वापको तुलसीपुरस्थित कार्यालयमा तोडफोड गरेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ । कानुनी बाटो हुँदाहुँदै एमालेका युवाहरु प्रतिकारमा उत्रिएपछि स्थिति झन् तनावपूर्ण बनेको हो ।

रास्वापाले भने दलको झण्डा जलाउने कार्यमा संलग्नलाई कार्बाहीको माग गरेको छ । रास्वपाले अवान्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कार्बाही हुनुपर्ने बताउँदै रास्वपा यस्ता गतिविधिप्रति संयमित र जिम्मेवार रहेको स्पष्ट पारेको छ ।

सभापति रबि लामिछानले पनि आफ्नो पार्टीले कुनै दलको झण्डा जलाउने लगायतका अराजक गतिविधि गर्ने नीति नलिएको स्पष्ट पार्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस