२०८३ जेष्ठ १७ गते आइतवार

रास्वपाका वरिष्ठ नेता बालेन शाहले गरे मतदान


दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गर्नुभएको छ ।

झापा–५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौँ जानुभएको हो । उहाँले सिनामंगल मतदान केन्द्रमा पुगेर मत खसाल्नुभएको हो ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सुरु भएको छ । मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका बसेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस