२०८३ बैशाख १३ गते आइतवार

दाङमा २४ हजार बढी मतगणना हुँदा १ हजार ११ मत बदर


दाङ । दाङमा प्रतिनिधिसभा सदस्यको मत मतगणना तीनवटै निर्वाचन क्षेत्रमा जारी रहेको छ । हालसम्म २४ हजार ४ सय ५३ मत गणना भएको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार हालसम्म १ हजार ११ मत बदर भएको छ । जसमा २३ हजार ४ सय ४२ मत सदर भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र बहादुर कवरले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयको विवरण अनुसार दाङ क्षेत्र नम्बर १ मा १४ हजार ८ सय ७१ मत गणना भएको छ । त्यसमध्ये ६ सय १९ मत बदर भएको छ भने १४ हजार २ सय ५२ मत सदर भएको छ ।

त्यसैगरी दाङ क्षेत्र नम्बर २ मा हालसम्म ३ हजार ९ सय १५ मत गणना भएको छ । त्यसमध्ये २ सय १ मत बदर भएको छ भने ३ हजार ७ सय १४ मत सदर भएको छ ।

यस्तै दाङ क्षेत्र नम्बर ३ मा ५ हजार ६ सय ६७ मत गणना भएको छ । त्यसमध्ये १ सय ९१ मत बदर भएको छ भने ५ हजार ४ सय ७६ मत सदर भएको छ ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस