२०८२ फाल्गुन २६ गते मङ्गलवार

यि उमेदवारले १०० मत पनि ल्याएनन्


दाङ, २५ फागुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उमेदवारी दिएका कतिपय उमेदवारले १०० मत पनि कटाउन सकेका छैनन् । दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा मात्रै १२ जना उमेदवारले १०० मत पनि ल्याउन नसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार जनता समाजवादी पाटीका शोभा डाँगीले २४ मत ल्याउनुभएको छ । यस्तै आम जनाता पाटीका पाण्डवी नेपालीले ८, नागरिक उन्मुक्ति पाटीका महेश चौधरीले ५५, संयुक्त नागरिक पाटीका दलबिर कामीले ९४, मितेरी पाटीका सन्तोष सिंहले १०, स्वतन्त्र उमेदवार भरत परियारले ६, सुरेश नेपालीले १, इन्द्र बहादुर बस्नेतले १० मत ल्याउनुभएको छ ।

यस्तै स्वतन्त्र उमेदवार प्रेम बहादुर वलीले ७, भागीराम चौधरीले ११, सप्रिक कँडेलले १४, महेश डाँगीले ८ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ मा २३ जना उमेदवारले भाग लिएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस