२०८३ असार १ गते सोमवार

मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिक असुरक्षित


दाङ । मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिक असुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजार बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गर्नुभयो ।

असुरक्षित रहेका नागरिकहरुको सुरक्षाका लागि विदेशमा रहेका नियोगहरुसँग आवश्यक समन्वय भइरहेको समेत क्षेत्रीको भनाइ छ । बढ्दो तनावका कारण समस्यामा परेका नागरिकको सुरक्षाका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ ।

प्रवक्ता क्षेत्रीले मध्यवपूर्वमा बढ्दो तनावको विषयमा अध्ययन गरी सरकारलाई सिफारिस गर्न गठित इमरजेन्सी रिस्पोन्स टिमले कार्यसम्पादन जारी राखेको जानकारी समेत गराउनुभयो । यसैबिच अलपत्र ३ हजार ६ सय ४९ नेपाली नेपाल फर्किएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस