२०८३ जेष्ठ २७ गते बुधवार

निर्वाचन आयोगले भोली समानुपातिक सांसदलाई प्रमाणपत्र दिने


दाङ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई भोलि प्रमाणपत्र दिने भएको छ । बिहान ११ बजे आयोगको प्राङ्गण कान्तिपथमा एक समारोहका बीच समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।

चुनावबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् । १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ । कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ ।

यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौँ र राप्रपा ५ सिटसहित छैटौँ दलका रूपमा छ । एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस