दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई आज सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत नागरिकको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो ।
नागरिकले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उहाँले त्यस मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा बताउनुभयो । पार्टी र सरकारले बोलेर भन्दा पनि काम गरेर नागरिकमाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।
सभापति लामिछानेले सुशासनको सवालमा कुनै पनि सम्झैता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।















