दाङ । प्रधानमन्त्री बालेन्द्र शाहले दुई जना मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयकाअनुसार दीपक साह बर्खास्त भएपछि खाली रहेको श्रम, रोजागार तथा सामाजिक मन्त्रालयमा रामजी यादव सिफारिश हुनुभएको छ ।
त्यस्तै शुरूदेखि नै प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गौरीकुमारी यादव सिफारिश हुनुभएको छ । रामजी सप्तरी– २ बाट र गौरी महोत्तरी– ४ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
दुवै जनालाई राष्ट्रपतिले नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ । यससँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ ।



















