२०८२ जेष्ठ ८ गते बिहिवार

दाङमा कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु

दाङ, ७ चैत । दाङमा कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ जनप्रिय टोलका करिब ३९ वर्षिय सीता खनालेको जलाशयमा डुबेर मृत्यु भएको हो ।

उहाँको घोराही–१७ मै रहेको आरोग्य ड्याममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस