दाङ । तिहार नजिकिदै गर्दा दाङमा ८ लाख बढीको पटका बरामद गरिएको छ । दाङमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८ लाख ८२ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न किसिमका पटाका बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार बरामद गरिएका पटका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १ गतेदेखि कात्तिक १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरका पटाका बरामद गरेको हो ।



























