२०८३ कार्तिक १९ गते बिहिवार

निर्माणमा ढिलासुस्ती भएपछि स्थानीयद्वारा तुलसीपुर–भमके सडक अवरुद्ध


तुलसीपुर । सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै स्थानीयले तुलसीपुर–भमके सडकअन्तर्गत अस्वारा क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

लामो समयदेखि सडक निर्माणको कामले गति लिन नसकेको भन्दै स्थानीयले रत्नशिला बोर्डिङ अगागी सडक बन्द गराएका हुन् । सडक निर्माणमा ढिलाइ हुँदा धुलोधुवाँको समस्या बढ्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ ।

निर्माण कार्यमा भइरहेको ढिलासुस्तीका कारण दैनिक आवतजावतमा समेत समस्या भएपछि स्थानीय आन्दोलित भएका हुन् । सडक अवरुद्ध हुँदा सवारीसाधन अस्वारा क्षेत्रमा रोकिएका छन् ।

अहिले सडक अवरुद्ध रहेको स्थानीय बिक्रान्त बिसीले जानकारी दिनुभयो । निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धित निकायले चासो नदेखाएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको स्थानीयको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस