२०८२ मङ्सिर २७ गते शनिवार

हट्यो काठमाडौँको कर्फ्यु


दाङ। काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।


रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज (शनिबार ) बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।

यसैबिच राजावादीले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनलाई सरकारले हिंसाको रुपमा हेरेको छ । यो कुनै राजनीतिक र वैचारिक आन्दोलन नभई हिंसात्मक प्रदर्शन भएको निष्कर्ष निकाल्दै सोहीअनुसार कारबाही गर्ने रणनीति सरकारले अपनाएको छ ।

तीनकुनेको प्रदर्शनमा व्यक्ति मर्नेदेखि तोडफोड र आगजनीको घटना भएपछि गृहका सहसचिव छवि रिजालले समेत तीनकुनेको प्रदर्शनलाई हिंसाको रुपमा हेरिएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस