२०८२ जेष्ठ ८ गते बिहिवार

नेपाल सुपर लिगमा चितवनले पोखरालाई हरायो

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसीले पोखरा थन्डर्सलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा चितवनले पोखरालाई २–० ले पराजित गरेको हो ।

चितवनको जीतमा नोडिर माभलोनोभ र नीरज चौधरीले गोल गरे । जीतसँगै चितवनले तीन अङ्क जोडेको छ ।

चितवन र पोखराको अहिलेसम्म भएका दुई खेलमा दुवैपटक पोखराले जितेको थियो ।  यसपल्ट भने चितवनले इतिहास उल्टाउँदै पहिलो जीत निकाल्न सफल भएको हो । प्रतियोगितामा आज बुटवल लुम्बिनी र धनगढी खेल्दैछन् । 

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस