२०८२ फाल्गुन २६ गते मङ्गलवार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिनुभयो ।

जीप बिहान साढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस