
सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
कालिमाटी गाउँपालिका–६ ढोरेनीको घरमा हिजो अपराह्न ४ बजेतिर चट्याङ पर्दा १३ वर्षीया करिश्मा घर्तीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका बालिकालाई उपचारका लागी सुर्खेतस्थित मेहलकुना अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशरकुमार न्यौपानेका अनुसार चट्याङ लागेर करिश्माका हजुरबुबा ७९ वर्षीय चन्द्रबहादुर घर्ती, त्यही घरमा रहेका ४५ वर्षीय विष्णु खड्का र २० वर्षीय डम्मरबहादुर खड्का घाइते भएका छन् ।
घाइते सबैको सुर्खेत मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । चट्याङले एउटा बाख्रा र खसी पनि मरेको डिएसपी न्यौपानेले बताउनुभएको छ ।