२०८२ साउन १ गते बिहिवार

चिसापानी खोलाले बदलिदियो गीता डाँगीको जीवन

सल्यानबाट दाङको बबई ६ मा झरेपछि ४५ वर्षीया गीता डाँगीको जीवनले नयाँ मोड लिएको छ। चिसापानी खोलाको आसपासको उब्जाउ जमिनमा सीम (खोले साग) खेती गर्दै आउनुभएकी डाँगी अहिले यही साग बेचेरै दैनिक ८/९ सय रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ।

डाँगीले सुरुमा ५०० रुपैयाँको लगानीमा सीम साग खेती गर्नुभएको थियो। सानो लगानीबाट सुरु गरिएको यो काम अहिले उहाँको नियमित आम्दानीको स्रोत बनेको छ। “खोलाको छेउमा सिचाइको समस्या छैन, मेहेनत गरे आम्दानी राम्रो हुने रहेछ,” डाँगीको अनुभव छ।

उहाँसँग दुई छोरी र एक छोरा छन्। परिवारको खर्च, छोराछोरीको पढाइ र अन्य आवश्यकताहरू साग खेतीकै आम्दानीबाट धान्न सकिरहेको डाँगी बताउनुहुन्छ। “श्रम गर्न पछि परिएन भने गाउँमै पनि राम्रो गर्न सकिन्छ,” उहाँको भनाइ छ।

चिसापानी खोलाको पानीले सिंचित सागबारीले गीता डाँगीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको छ। मेहनत, समर्पण र अवसर सदुपयोग गर्न सकिए आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् गीता डाँगी।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस