२०८२ जेष्ठ ८ गते बिहिवार

पहाडी भेगमा आज पनि वर्षा


दाङ । देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पहाडी भूभागका थोरै ठाउँहरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हिउँ पनि पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । अरु धेरै ठाउँमा भने मौसम सफा रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस