दाङ । दाङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ७२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा ३४७ सवारी दुर्घटनामा ७२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख केशव खड्काले जानकारी दिनुभयो ।
उहाका अनुसार ती दुर्घटनामा परी १६३ पुरुष, ४७ महिला, १६ बालक र छ बालिका गम्भीर घाइते भएका छन् । यी घटनामा सबैभन्दा बढी २८१ वटा मोटरसाइकल दुर्घटना भएका हुन् ।
सवारी दुर्घटना हुनुका मुख्यकारण तीव्रगति र मादकपदार्थ सेवन, चालकको लापरबाही, सडककोे अवस्था, यान्त्रिक गडबडी रहेको प्रहरीको भनाइ छ । प्रहरीले यस्ता दुर्घटना दोहोरिन नदिन र दुर्घटना न्यूनीकरण गर्न नागरिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम गर्दै आएको छ ।



















