२०८२ फाल्गुन २६ गते मङ्गलवार

रोल्पामा एक महिला मृत अवस्थामा फेला

रोल्पा, रोल्पामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । माडी गाउँपालिका–६ का ४३ वर्षीया सुस्मिता घर्ति मगर मृत अवस्थामा फेला परेको रोल्पा प्रहरीले जनाएको छ ।

गत चैत २९ गतेदेखि हराइरहेका सुस्मिताको खोजी गदै जाँदा आज माडी गाउँपालिका–५ स्थित वलि खोलाको बिच भागमा पानीमा घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुस्मिताका श्रीमान भिम प्रसाद घर्ति मगरले चैत्र २९ गते श्रीमती हराएकोले खोजतलासका लागि प्रहरी चौकी भावाङमा जानकारी गराएपछि प्रहरी हवल्दार राम विलास चौधरीको कमाण्डमा दुई जना प्रहरी टोली परिचालित गरिएको थियो ।

शव फेला परेपछि थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देव सिंह भण्डारीको नेतृत्वमा अनुसन्धान अधिकृत सहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस