२०८२ चैत्र २ गते सोमवार

मन्दिरको गेट बनाउँदा च्यापिएर एकको मृत्यु

रुकुम–पश्चिम । रुकुम पश्चिममा मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस